+977 1 4244806
info@sangrilabooks.com.np

हाम्रो बारेमा

आन्विका गिरीको ‘कम्युनिस्ट’ कथा संग्रहबाट वि.सं. २०६६ सालदेखि सांग्रिला बुक्सले आफ्नो प्रकाशन शुरु गरेको हो । सांगिला बुक्सले मूलतः साहित्यका पुस्तक प्रकाशन गरे पनि गैर साहित्यिक पुस्तक पनि उत्तिकै संख्यामा प्रकाशन गर्दै आइरहेको छ । वि.सं. २०७६ सालसम्म आइपुग्दा स्थापित लेखक, नेता, अर्थशास्त्री, पत्रकार, व्यवसायी तथा शिक्षाविदका करिब २०० पुस्तक सांग्रिलाले प्रकाशन गरिसकेको छ ।

नेपालमात्र नभएर दक्षिण एसिया तथा विश्व परिवेशका बारेमा बताउने जुनसुकै पुस्तक पनि सांग्रिलाको प्राथमिकतामा पर्दछन् । सांग्रिलाबाट प्रकाशित पुस्तक तथा तीनका लेखकले राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । विश्व साहित्यका प्रख्यात तथा प्रेरणादायी पुस्तकको अनुवाद पनि सांग्रिलाले प्रकाशित गर्ने गरेको छ । हरेक बर्ष आख्यान, इतिहास, जीवनी, आत्मकथा, समसामयिक बिषय, यात्रा, संगित, अर्थ, अनुवाद, दर्शन, समाजशास्त्र गरेर तीनदर्जन भन्दा बढी पुस्तक प्रकाशन गरिरहेको छ ।
महिला तथा सिमान्तकृत समुदायका लेखकका कृति सांग्रिलाले उच्च महत्वका साथ प्रकाशित गरेको छ ।

सांग्रिलाले २०७२ सालदेखि परम्परागत पठन, लैंगिक तथा साँस्कृतिक विविधताको शैली परिवर्तन गर्ने उदेश्यका साथ बालसाहित्य पनि प्रकाशित गरिरहेको छ । अनुवाद सहित ३५ पुस्तक प्रकाशन गरिसकेको सांग्रिला बुक्सले अन्तराष्ट्रिय प्रकाशकसँग पनि बालसाहित्यका राम्रा पुस्तक नेपालीमा उपलब्ध गराउन सहकार्य गर्छ ।