+977 1 4244806
info@sangrilabooks.com.np

त्याे समय

लेखकः शारदा शर्मा

प्रकाशित बर्षः २०७४

मूल्यः ४४५/-

ISBN: 978-9937-708-22-7

 

नेपालको सन्दर्भमा ‘त्यो समय’ एउटा जबर्जस्त राजनीतिक परिवर्तनको कालखण्ड पनि हो, प्रसव वेदनामा छटपटिएको समय । त्यही पीडाका अभिव्यक्तिहरू दौडिरहेका हुन्छन् शारदाजीको मनमा । काठमाडौंबाट नयाँ दिल्ली उडेदेखि काठमाडौं फर्केर राजीनामा पठाएसम्म चार वर्षको अवधिमा लेखकले देखेका, भोगेका र अनुभूत गरेका विविध पक्षहरू मिहिन तरीकाले समेटिएका छन् ।

पुस्तकमा दुईवटा पक्ष संगसंगै आएका छन् । एकातिर दिल्लीस्थित आईपीपीएफको जागीरसंग जोडिएका अनुभव र अनुभूतिको सटीक चित्रण छ भने अर्कोतर्फ नरहरिजीको गिरफ्तारी, देशको राजनीति, अनि त्यसकै सेरोफेरोमा परिवारको अत्यन्त मर्मस्पर्शी स्मरण र अनुभूति छन् । शारदाजी त समातिनुभएको थिएन तर एउटा छाया बन्दीझै उहाँको मन उद्वेलित थियो । बीपी कोइरालाको जेल जर्नल पढेको सम्झना भयो मलाई ।

– कृष्ण खनाल

अन्य प्रकाशन