+977 1 4244806
info@sangrilabooks.com.np

मेराे मान्छे

लेखकः कुन्ता शर्मा

प्रकाशित बर्षः २०७५

मूल्यः २९५/-

ISBN:978-9937-708-27-2

समयातीत कथ्य र सरल शैली लिएर आएका कुन्ता शर्माका अधिकांश कविता आत्मसंवादात्मक छन् । शब्दभगिमा र भावतरङ्ग हेर्दा कुन्ता एकान्तमा सीमित नभएर जीवन र जगत्को विराट् परिवेशमा हेलिएकी छन् । जीवनका घात-प्रतिघातबाट माझिएकी कुन्ताको काव्यकलेवर र जीवनदृष्टि भावुकताले पीडित होइन, लोकमङ्गलमा घुलेको छ ।

कुन्ताको काव्यपरिभाषा आफ्नै विशिष्ट भावदशाको व्यञ्जना हो- अर्धसत्य । हुन त गहन सत्यको पूर्ण परिभाषा कसैले दिन सकेको छैन तथापि कुन्ताले आफ्नो सत्य आफै खोलिदिएर पाठकलाई थोरै भए पनि राहत बाँडेकी छन् । कवितामा प्रमुखतः दुइटा पक्ष हुन्छन्– आत्मसङ्घर्ष र आत्मपरिष्कार । आन्तरिक सङ्घर्षबिना कोही पनि गतिमान हुँदैन । जन्मदेखि मृत्युसम्म सूक्ष्म र स्थूल सङ्घर्षहरूको अनुभूति गरिरहन्छ मान्छे । कुन्ताले जीवनका हरेक उतारचढाव काव्यात्मक कौशलसित अभिव्यजित गरेकी छन् । अतीतको स्मृति मान्छेका लागि स्वाभाविक आकर्षण हुन्छ भने वर्तमानको यथार्थप्रति विकर्षण तर कुन्ता विकर्षित छैनन् । उनी युद्ध गर्न चाहन्छिन जगतका तामसिक कुरूपताहरूसित ।

 

अन्य प्रकाशन