+977 1 4244806
info@sangrilabooks.com.np

Life – A Butterfly

लेखकः मनाेज बाेगटी 

प्रकाशित बर्षः २०७४

मूल्यः २५०/-

ISBN:978-9937-708-21-0

खासमा लाइफ अ बटरफ्लाई नगर-जीवनको कथा-शृङ्खला हो । हरेक कथा स्वतन्त्र छन् तर कथापिच्छे पुराना पात्र र भूगोलसँग जम्काभेट भइरहन्छ । कथालोकमा पात्रहरूलाई मनमाफिक स्वतन्त्रता छ । पात्रका हरेक चाहना पूरा गरिदिनु नै कथाकारको अभीष्टजस्तो लाग्छ । एक गिलास पानी, एक खिल्ली चुरोट, एक पेग रक्सी या एक डोज सम्भोग ।

मनोज बोगटीको कथा-कला कायल बनाउने खालको छ । यसमा कथा मात्र छैन, उपन्यास पनि छ । उपन्यास मात्र छैन, कविता पनि छ । कथाको संरचना अलिक अड्बाङ्ग हुँदाहुँदै पनि मनोजीय मादक भाषा र शिल्प सम्मोहनकारी छ ।

कथाको प्रयोगशाला नै भने हुन्छ, लाइफ अ बटरफ्लाई । कथाको फ्रेम र फम्र्याट दुवै अस्वीकार गरेको छ यसले । लोकल या युनिभर्सल कथाको कृत्रिम पर्खाल समेत भत्काइदिएको छ । एउटा कथाभित्र अनेक कथा भेटिन्छन् । निमोनियाग्रस्त नेपाली कथामा मनोजीय आविष्कार ‘निमोकोकल’ सावित भएको छ ।

– राजकुमार बाँनिया

अन्य प्रकाशन